

धादिङबेसी । धादिङमा स्थानिय सरकारको लागि लैङ्गिक उत्तरदायी योजना तथा बजेट तर्जुमा सम्बन्धी कार्यशाला सञ्चालन गरिएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा खनियाबास र गंगाजमुना गाउँपालिकामा सञ्चालन गरिरहेको “उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना” अन्तर्गत जनप्रतिनिहरु तथा योजना र बजेट तर्जुमा कार्यमा संलग्न विषयगत शाखाका कर्मचारीहरूका लागि दुईदिने कार्यशाला सञ्चालन गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो।
मंगलबार र बुधबार भएको कार्यशालामा ३० जना सहभागी थिए ।
कार्यशालामा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवधारणा, लैङ्गिक उत्तरदायी योजना तथा बजेट निर्माणमा आवश्यक सीप विकास, योजना निर्माणका ७ चरणहरू, लैङ्गिक सम्बन्धी संविधानिक व्यवस्था, राष्ट्रिय नीति, लैङ्गिक परीक्षणका विधिहरू, सामाजिक समावेशीकरणको आवश्यकता, सकारात्मक र नकारात्मक प्रभाव, सामाजिक मूल्य-मान्यता, समावेशी बजेट प्रणालीमा स्थानीय तहको भूमिका, चुनौती तथा प्रभाव आदि विषयमा विज्ञ निता गुरुङले सहजीकरण गर्नु भएको थियो ।
कार्यशालामा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामा, उपाध्यक्ष रामेश्वर सिम्खडा, खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङ, प्रयास नेपाल धादिङका अनुगमन उप समिति संयोजक कपिलदेव सापकोटा ,दुबै पालिकाका वडाध्यक्षहरू, कर्मचारीहरू तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुखहरू सन्ध्या उपाध्याय र इन्द्रकुमारी श्रेष्ठको समेत सक्रिय सहभागिता रहेको थियो।
कार्यशालापछि दुबै पालिकाले लैङ्गिक मैत्री नीति निर्माण तथा योजना र बजेट तर्जुमा गर्न प्रतिबद्धता जनाएको लैङ्गिक सहायक शर्मिला गुरुङले जानकारी दिनुभयो।
तस्विरहरु :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |