

काठमाडौँ । छिमेकी देश भारतमा पुनः कोभिड १९ संक्रमण तीव्र रूपमा बढेको छ। हाल भारतमा कोभिड संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ।
केरलमा सबैभन्दा धेरै १ हजार १४७ सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी महाराष्ट्रमा ८४ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ ६८१ विरामी छन्। दुई राज्यमा देशभरका संक्रमितमध्ये ६० प्रतिशत संक्रमित रहेका छन्।
पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पछिल्लो ९ दिनमा भारतमा कोभिड संक्रमित तीव्र गतिमा बढेका छन्।
भारतमा कोरोना भाइरसबाट कम्तीमा हालसम्म २८ जनाको मृत्यु भएको बताइएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल त्यहाँ ३ हजार ७८३ पुगेको छ। तीमध्ये २१ जनाको मृत्यु पछिल्ला २ दिनमा भएको जनाइएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |