

धादिङ । धादिङको छात्रा कबड्डी टोलीले दोलखाको चरिकोटमा जारी १५ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेको छ ।
आज बिहान भएको फाईनल खेलमा काठमाडौँलाई ४९-२३ ले हराउँदै धादिङले स्वर्ण पदक जितेको हो।
यो सँगै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धादिङको दोस्रो स्वर्ण पदक हो ।
आईतबार एथलेटिक्स अन्तरगत जेवलिन थ्रो मा धादिङकी सिर्जना श्रेष्ठले स्वर्ण पदक जितेकी थिईन् ।
यस्तै धादिङको छात्र कबड्डी टोलीले केहीबेरमा स्वर्ण पदकको लागि भक्तपुरसँग खेल्ने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले बागमती कलमलाई जानकारी दिनुभयो।
धादिङले हालसम्म २ स्वर्ण, ४ रजत र ७ कास्य गरी १३ पदक जितेको तामाङले बताउनुभयो ।
उहाँका अनुसार छात्रा कबड्डीमा स्वर्ण, जेवलिन थ्रो मा छात्रा सिर्जना श्रेष्ठले स्वर्ण, जेवलिन थ्रो मा मानबहादुर दर्लामीले रजत, सुजन रावलले दौडमा रजत, शर्मिला तामाङले दौडमा रजत, कबिता तामाङले तेक्वान्दोमा रजत जितेकी छिन् ।
त्यसैगरी रितिक भुजेलले तेक्वान्दोमा कास्य, आशिष गुरुङले तेक्वान्दोमा कास्य, सुमिना बिश्वकर्माले तेक्वान्दोमा कास्य, सम्राट थापाले उसुमा कास्य, सृष्टि कार्कीले उसुमा कास्य, दिलिप भुजेलले उसुमा कास्य र प्रकृति तामाङले कराँतेमा कास्य पदक जितेकी छिन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |