

ललितपुर । ललितपुर महानगरपालिका–४ जावलाखेलमा रहेको सदर चिडियाखानाभित्र प्रदर्शनीमा राखिएका दुर्लभ प्रजातिको रेड पान्डा अर्थात् हाब्रे चोरी गर्न खोजेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ घर भई काठमाण्डौ महानगरपालिका–१५ स्वयम्भू बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारतको बिहार घर भएका २६ वर्षीय मोहमद तफिक रहेका प्रहरीले जनाएको छ ।
चिडियाखानामा रहेको रेड पान्डा गएको वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनीहरूमाथि चोरी उद्योग कसूरमा पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |