

धादिङ । धादिङमा यातायात व्यवसायीहरूले गरेको गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चार जना चालकलाई प्रहरीले कारबाही गरेको छ ।
पठाओ तथा इनड्राइभहरुले यात्रुबाट बढी भाडा असुलेको, यात्रुलाई हैरानी दिएको भन्ने गुनासो पश्चात जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले धादिङको विभिन्न स्थानहरुबाट ४ वटा सवारी साधन नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरी छाडिएको प्रहरीले जनाएको छ ।
यातायात व्यवसायीहरुले सार्वजनिक गाडी नचलाउँदा काम विशेषले ठाउँमा पुग्नुपर्नेहरुले पठाओ, इनड्राइभ, याङ्गोजस्ता राइड शेयरिङ प्रयोग गर्न बाध्य छन् ।
यीमध्ये केही चालकहरुले मनलाग्दी भाडा लिएको यात्रुको गुनासो छ ।
यात्रुले गुनासो गरेपछि प्रहरीले कडाइ गरेको छ । जथाभावी भाडा लिने राइड शेयरिङ सञ्चालकलाई कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |