

काठमाण्डौ । आजदेखि काठमाण्डौ–हेटौँडा जोड्ने सडक कान्तिलोकपथ चार दिन पूर्णरुपमा बन्द भएको छ ।
बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजदेखि २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनामा सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |