

धादिङ । विश्व वातावरण दिवस २०८२ को अवसरमा गङ्गाजमुना गाउँपालिका र खनियाबास गाउँपालिकामा विभिन्न कार्यक्रमहरूसहित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
गङ्गाजमुना गाउँपालिका वडा नं. ५ स्थित मण्डली माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा गङ्गाजमुना गाउँपालिका र प्रयास नेपाल धादिङको संयुक्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो।
कार्यक्रममा कूल ८९ जना सहभागी थिए।
कार्यक्रम अन्तर्गत “स्वच्छ वायु, स्वस्थ जीवन” शीर्षकमा माध्यमिक विद्यालय तहका विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
गाउँपालिकामा रहेका माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी प्रतियोगितामा तामाङ खर्क माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा अनुजा मगरले प्रथम स्थान प्राप्त गरिन्।
मण्डली माविकी छात्रा आयुष्मा नेपाल दोस्रो र महेन्द्ररत्न माविकी छात्रा कोशिका सिम्खडाले तेस्रो स्थान हात पारिन् ।
बद्री विशाल माविका छात्र रेशम अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका प्रयास नेपाल धादिङका जेेण्डर सहायक शर्मिला गुरुङले जानकारी दिनुभयो ।

यस्तै खनियाबास गाउँपालिका वडा नं. २ मा पनि वातावरण दिवसको अवसरमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

उक्त कार्यक्रम बेन्दी देवी माध्यमिक विद्यालयको आयोजनामा, खनियाबास गाउँपालिका वडा नं. २ को समन्वयमा, प्रयास नेपाल धादिङको साझेदारी र आड्रा नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो।
“स्वच्छ वायु, स्वस्थ जीवन” शीर्षकमा भएको प्रतियोगितामा वडा नं. १ र २ का तीनवटा माध्यमिक विद्यालयका ११ जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीसहित ११३ जना सहभागी भएको झार्लाङबाट प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता मनिस तामाङले जानकारी दिनु भयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |