

धादिङ । सिद्धलेक गाउँपालिका-५ कुम्पुर चेक्वाङमा रहेको बाग्बच्छला माद्यमिक विद्यालयमा नमुना निर्वाचन कार्यक्रम सप्पन्न भएको छ।
बिद्यार्थीहरु लाई निर्वाचन प्रक्रिया र विधिहरुबारे जानकारी दिने उदेश्यले विद्यालयले शुक्रबार नमुना निर्वाचन कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर श्रेष्ठले बागमति कलमलाई जानकारी दिनुभयो ।
निर्वाचनबाट विद्यालय क्याप्टेनमा नवीन श्रेष्ठ र भाइस क्याप्टेनमा अप्सरा घले विजयी भएको विद्यालयका शिक्षक प्रविन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार राताे सदन विजेता क्याप्टेन उज्जवल श्रेष्ठ,भाइस क्याप्टेन सविन गुरुङ, पहेलाे सदन क्याप्टेन हिमाल गुरुङ,भाइस क्याप्टेन सनिसा गुरुङ, हरियाे सदन क्याप्टेन राजु विसुन्के, भाइस क्याप्टेन लक्ष्मी घले र निलाे सदन क्याप्टेन पुर्णिामा गुरुङ र भाइस क्याप्टेन जीवन मग्राती विजयी भएका छन् ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |