

काठमाण्डौ । भारतबाट फर्केका पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार गौरीफन्टा नाका हुँदै नेपाल फर्केका ३० जनाको ‘एन्टिजेन’ परीक्षण गर्दा सुदूरपश्चिमको कैलाली र अछामका पाँच जनामा ‘पोजेटिभ’ देखिएको हो।
कोरोना संक्रमण पुष्टि हुनेमा तीन जना कैलाली र दुई जना अछामका रहेका छन् ।कोरोना सङ्क्रमित उनीहरुलाई ‘होम क्वारेण्टीन’ मा बस्न परामर्श दिइएको छ ।
दुई दिनअघि मात्रै गौरीफन्टा नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो हप्ता भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |