

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा २१ करोड दीप प्रज्वलन गरिएको छ ।
बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे २१ करोड दीप प्रज्वलन गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिनुभयो।
कोटिहोममा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले बताउनुभयो । उहाँका अनुसार शनिवार देशभरका झन्डै ५ लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् ।
कोटिहोम दर्शन गर्न आउने भक्तजनको भिडले पोखराको यातायात सेवा नै प्रभावित भएको थियो। जसले गर्दा जिल्ला ट्राफिक कार्यालय कास्की बाट खटिएका ट्राफिकलाई यातायात व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।
कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो ।
दैनिक रूपमा महायज्ञमा हुने विभिन्न धार्मिक गतिविधि तथा राष्ट्रिय स्तरका कलकारहरूको प्रस्तुतिले पनि भक्तजनको आगमनलाई बढाएको छ ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी क्षेत्री समुदायको पोसाकमा कथा वाचन गर्नुभएको थियो । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेको राधिका दासीले विभिन्न समुदायको पहिरनमा रहेर कथा वाचन गर्ने गरेको बताउनुभयो ।
भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहनुभएको छ । उहाँले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिनुभयो ।
यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको छ।

मानव सेवा फाउन्डेसनलाई जग्गा दान
जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं। ३३ वस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उहाँले शनिबार महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गर्नुभएको हो ।
उहाँसँगै वेलगाडी नगरपालिका वडा नं २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार फाउन्डेसनलाई अन्नपूर्ण गाउँ पालिका र स्याङ्जाबाट करिब २२ रोपनी जग्गा प्राप्त भइसकेको छ ।
आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिनुभयो।

राष्ट्रिय भजन प्रतियोगितामा देविस्थान भजन समूह हेमजा प्रथम
कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम भएको छ ।
त्यसै गरी प्रतियोगितामा माछापुच्छे्र सेवा समाज पोखरा–२५ हेमजा द्वितीय, बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय, राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना भएका छन् ।
त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भए ।
त्यस्तै राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिना उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर, काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुति घोषित भए ।
प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ ।
विजयी समूहलाई जेठ ३० गते शुक्रवार पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिनुभयो।
प्रतियोगितामा अन्य विधाबाट विजयी समूहले २५ हजार ५ सय २५ रुपैयाँका दरले पुरस्कार पाउने छन् । ३ सय ५ समूहले नाम दर्ता गराएकोमा २ सय ५६ समूहले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगिताको निर्णायकहरु पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे ,नवराज बराल, विश्वमाया पौडेल रहेका थिए ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |