

नेपाल क्रिकेट संघ क्यानले टी-२० आई शृ्ंखला खेल्ने नेपाली टोली सार्वजनिक गरेको छ ।
क्यानले आउँदो आइतबारदेखि स्कटल्याण्डमा सुरु हुने स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको टी-२०आई शृंखला खेल्ने नेपाली टोली सार्वजनिक गरेको हो ।
टोलीमा २ खेलाडी बाहिरिँदा ३ जना भित्रिएका छन् ।
टी-२० टोलीमा लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह भित्रिएका छन् । चोटका कारण सोमपाल कामी र गुल्शन झा बाहिरिएका छन् ।
किरण पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएका हुन् भने रुपेश सिंह यसअघि हङकङमा भएको टी-२० शृंखलामा नेपालको टोलीमा परेपनि डेब्यू गरेका छैनन् ।
लोकेश बम भने नेपाली टी-२०आई टोलीमा पर्दै आएका छन् ।
नेपालले आफ्नो पहिलो खेल जुन १६ मा नेदरल्याण्ड्ससँग खेल्नेछ भने जुन १७ मा स्कटल्याण्डसँग, जुन १८ मा फेरि नेदरल्याण्ड्ससँग र जुन २० मा स्कटल्याण्डसँग खेल्नेछ ।
यसअघि लिग २ को एकदिवसीय शृंखलामा नेपालले ४ मध्ये ३ खेलमा जित निकालेको थियो ।
नेपालको टी-२०आई टोली स् रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, आरिफ शेख, भीम सार्की, रिजन ढकाल, अनिल साह, बसिर अहमद, नन्दन यादव रहेका छन् । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |