

धादिङ । त्रिभुवन राजपथ अन्तरगत धादिङको थाक्रे गाउँपालिका-८ सोप्याङखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जना मृत्यु भएको छ।
शनिबार बिहान ६:३० बजेको समयमा हाप्सेचौरबाट फोकटपुर आउदै गरेको बा.प्र.०२-०५० प.९६२० नं.को मोटरसाइकल आफै अनियन्त्रीत भई सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो।
दुर्घटनामा मोटरसाइकल चालक थाक्रे गाउँपालिका-८ फोकटपुर बस्ने बर्ष २२ को सुमन थापाको मृत्यु भएको हमालले बताउनुभयो।
घाइते भएका थापाको धुनिवेशी नगरपालिका-६ धार्के स्थित साईबाबा सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि गजुरी प्राथमिक स्वास्थ केन्द्र पठाईएको तर उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हो।
शव स्वास्थ केन्द्रमै रहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |