

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड आजदेखि रातको समय ५ घण्टा बन्द हुने भएको छ ।
मुग्लिन–नारायणगढ सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाका अनुसार निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक खण्ड बन्द गरी काम गर्ने भएकोले आज र भोलि दुई दिन रातको समयमा बन्द हुँदैछ ।
राति १० बजेदेखि बिहान तीन बजेसम्म पाँच घण्टा सडक बन्द हुने उहाँले जानकारी दिनुभयो ।
काठमाण्डौ आउने गाडीलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ भने नौबिसेबाट मलेखु जाने गाडीलाई बैरेनी, आदमघाटमा रोकिने जनाईएको छ ।
सडक बन्द भएको समयमा दमकल, प्रहरी र एम्बुलेन्स लगायत अत्यावश्यक गाडीहरु बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
बर्खाको बेला बाढी पहिरोले यात्रा जोखिमपूर्ण भएकाले यात्रु र गाडी चालकलाई जोखिम मोलेर यात्रा नगर्न, मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
सूचना :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |