

धादिङ । पृथ्बी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा दुई मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका छन्।
आज दिउँसो काठमाडौबाट चितवन तर्फ जाँदै गरेको बा ७० प ३२९७ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०२-०३७ प ७६९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो।
घाइते हुनेहरुमा बा ७० प ३२९७ को मोटरसाइकल चालक तनहुको बसन्तपुर-३ बस्ने बर्ष ५७ को रामचन्द्र राना, ७६९२ मोटरसाइकल नुवाकोटको ककनि गापा-१ बस्ने बर्ष २५ को अमित कुमार बलामी र सोही मोटरसाइकलको पछाडी सवार नुवाकोटको शिबपुरी-८ बस्ने बर्ष ३५ को राम माया तामाङ रहेका छन् ।
उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते रामचन्द्र रानाको अवस्था गम्भीर रहेकोले काठमाडौस्थित ट्रमा सेन्टर रिफर गरिएको र अन्य घाइतेको आदमघाट अस्पताल प्रा.लिमा उपचार भइरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |