

काठमाण्डौ । देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ ।
वर्षायाम शुरू भएसँगै देशभर सङ्क्रमणको जोखिम बढेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
६ महिनायता १ हजार ४ सयभन्दा धेरैमा डेङ्गी सङ्क्रमण भएको छ ।
सबैभन्दा बढी बागमतीमा ३ सय ७१ जना, कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१ जना, लुम्बिनीमा २ सय ४५ जना, सुदूरपश्चिममा १ सय ८४ जना, कर्णालीमा ३२ जना र मधेशमा २१ जनामा सङ्क्रमण पुष्टी भएको महाशाखाले जनाएको छ ।
उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखा दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने डेङ्गी मुख्य लक्षण हुन् ।
डाक्टरका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गी रोग लाग्छ ।
एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी घाम अस्ताउनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला सङ्क्रमण बढी सार्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै पालिकालाई ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउन पत्राचार गरिसकेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |