

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही असार तेस्रो हप्ताभित्र प्रकाशन हुने भएको छ।
प्राविधिक समस्या नदेखिएमा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने गरि काम भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
अहिले अंक इन्ट्री गर्ने काम लगायत आन्तरिक काम भइरहेको छ।
२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो।
तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक,कर्मचारीहरू आन्दोलित भएका थिए।
यही शिक्षक आन्दोलनका कारण एसइई नतिजा प्रकाशनमा ढिला भएको हो।
परीक्षा बोर्डले परीक्षा सञ्चालन सकिएपछि असार पहिलो हप्तामा नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो।२०८१ को एसइई परीक्षामा करिब पाँच लाख परीक्षार्थीहरू सहभागी छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |