

काठमाडौं । ठगी र क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा २ युवक पक्राउ परेका छन् ।
२३ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको र सवा करोड रुपैयाँ भन्दा बढी क्रिप्टोको कारोबार गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–५ घर भएका १९ वर्षीय समीर तामाङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरी जल बस्ने १९ वर्षकै क्रिस पोखरेल छन् ।
उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप भएको छ ।
फेसबुक र टेलिग्रामर्फत समीर तामाङ नामको अकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने भन्दै प्रलोभन देखाएर २३ लाख १५ हजार रुपैयाँ बैंक खातामा हाल्न लगाएर ठगी गरेको आरोप छ।
उनीहरुले अवैध क्रिप्टो कारोबारमा १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ कारोबार गरकेो पाइएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |