

काठमाण्डौ । नेपाली राष्ट्रिय टोलीले अस्ट्रेलियामा नर्दन टेरिटोरी क्रिकेट २०२५ को टप इन्ड टी–२० शृङ्खला खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घका अनुसार यो शृङ्खलाका लागि नेपाल पहिलो अन्तर्राष्ट्रिय टोलीका रूपमा छानिएको हो।
टप इन्ड टी–२० शृङ्खला आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा हुनेछ ।
आउँदो वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटअघि नेपाली टोली अस्ट्रेलिया जाने भएको हो ।
टी–२० विश्वकपको एशिया छनोट आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा हुँदैछ ।
एशिया छनोटबाट ३ वटा टोली विश्वकपमा पुग्नेछन् । एशिया छनोटमा नेपालसँगै आयोजक ओमान, जापान, कुवेत, मलेशिया, पपुवा न्यु गिनी, कतार सोमाओ र यूएई सहभागी हुनेछन् ।
अहिले आईसीसी टी–२० वरीयताको १८औं स्थानमा रहेको नेपाली टोली अगस्टको शुरूमा डार्विन जानेछ ।
यो शृङ्खलामा नेपालले अस्ट्रेलियाका क्लबसँग कम्तीमा ६ खेल खेल्नेछ । शृङ्खलाको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले बताएको छ । photo : CAN





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |