

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसइईमा ननग्रेड भएका विद्यार्थीहरूका लागि साउनको २९ गतेदेखि मौका परीक्षा तोकिएको छ।
यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै ननग्रेडड विद्यार्थीहरूले साउन २९ देखि मौका परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सार्वजनिक नतिजा अनुसार यसबर्ष ६१.८१ प्रतिशत ग्रेडेड भएका छन्।
आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन्।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २ृ.४ जिपिए ल्याउने चार हजार १३६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन्।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको र एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत भएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |