

धादिङ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
यो वर्षको देशभरको नतिजामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन्।जसमा धादिङ जिल्लाभरबाट ६२ दशमलव ७५ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।
उत्तीर्ण विद्यार्थीहरुमध्ये ८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
४ जीपीए ल्याउनेमा सामुदायिक विद्यालयहरुबाट ५ जना विद्यार्थीहरु रहेका छन् भने ३ जना सामुदायिक विद्यालयबाट रहेका छन् ।
सामुदायिक विद्यालयतर्फ नीलकण्ठ ३ धादिङवेशीमा रहेको नीलकण्ठ बालमन्दिर माविबाट १ जना (सन्ध्या तिमल्सिना), नीलकण्ठ ७ तल्लोबेशीमा रहेको सुनौलोभैरवी माविबाट १ जना (प्रशंषा श्रेष्ठ), गजुरीको गजुरी पिडा माविबाट १ जना (ईश्वर भण्डारी) र गल्छी बैरेनीको जनकल्याण माविबाट २ जना (समृद्धि ढकाल र सौरभी वाग्ले) रहेका छन् ।
त्यस्तै निजी विद्यालयहरुबाट धादिङवेशीमा रहेको न्यु किवो बोर्डिङ स्कुलबाट २ जना (आयुष शर्मा र समिर भण्डारी ) र चिल्डेनपार्क बोर्डिङबाट १ जना (प्रिसिला तामाङ) रहेका छन् ।
नियमिततर्फ यो वर्ष देशभर ३ दशमलव ६० देखि ४ दशमलव ० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको बोर्डले जनाएको छ ।
यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको सङ्ख्या ८१ हजार ३ सय ८५ र २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको सङ्ख्या ८९ हजार १ सय २४ रहेको छ ।
यसैगरी ४८ हजार ४ सय ७९ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, ४ हजार १ सय २६ जनाले २ देखि २ दशमलव ४ जीपीए र ८ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका बोर्डका अध्यक्ष शर्माले बताउनुभयो ।
यस्तै १ सय २६ जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।यस वर्षको एसईई परीक्षा गएको चैत ७ गते शुरू भई १९ गते सकिएको थियो ।
एसईईमा ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।
तस्विर : धादिङवेशीमा रहेको नीलकण्ठ बालमन्दिर मावि





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |