

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङले निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम प्रदान गरेको छ ।
तालिममा १९ जना नवप्रवेशी शिक्षकहरु सहभागि थिए।
सहभागि शिक्षकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष नवराज अधिकारीले प्रमाणपत्र वितरण गर्दै शिक्षकले विज्ञानलाई मानेर इज्जत र अनुसासनमा बस्नुपर्ने बताउनुुभयो ।
अधिकारीले नयाँ प्रविधि, ज्ञान, र सीपलाई प्रयोग गरेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर चिनाउने हिम्मत राख्नुपर्ने बताउभयो ।प्रमुख अतिथि अधिकारीले शिक्षकले राम्रो विद्यार्थी उत्पादन गरेमात्र भविश्यको राम्रो मान्छे बन्ने भएकोले सकारात्मक रुपमा समाज परिवार्तनको हिस्सा समेत शिक्षक बन्न आग्रह गनुृभयो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले समाजको सम्वाहक र शैक्षिक अभियानता शिक्षकहरु शक्तिशाली भएको बताउनुुभयो ।
शिक्षक अपडेट नभए डाइनोसर हुने भन्दै आफूलाई क्षमतावान बनाएर प्रविधि र विकाससंग अपडेट हुन आग्रह गर्नुभयो । सबै परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण योगदान गरेको बताउँदै सुवेदीले राजनीतिक दलहरुले नसिकाएको समाज चेतनाका कुरा शिक्षकहरुले सिकाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले समाजको अगुवा शिक्षकले वर्ष भर पढेर २ घण्टामा परिक्षा लिने तरिकालाई निरन्तर मूल्यांकन प्रणालीमा लैजानका लागि आग्रह गर्नुभयो ।
तालिममा शिक्षकको पेशागत विकास, ऐन तथा नियमावली, पाठ्यक्रम तथा सहजीकरण विधि र कार्यमूलक अनुसन्धान लगायतका विषयमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदी, जाइका परियोजनाका जिल्ला संयोजक नवराज पाठकले तालिमको सहजीकरण गर्नुभएको थियो ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |