

काठमाण्डौ । नेपालमा मनसुन भित्रिएको एक महिना अवधीमा विपद्का घटनाबाट ३१ जनाको मृत्यु भएको छ ।
यस वर्षको मनसुन भित्रिएको एक महिनामा ६ सय ७४ वटा विपद्का घटनाबाट ३१ जनाको मृत्यु भएको छ भने १ सय १२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा अघिल्लो महिना जेठ १५ गते राति पूर्वबाट मनसुन भित्रिएको थियो ।
हिजो असार १६ गतेसम्म ६ सय ७४ वटा मनसुनजन्य विपद्का घटना भएका प्राधिकरणले जनाएको छ । एक महिनाको अवधिमा पहिरोका ८७ वटा घटनामा २५ घरमा आंशिक, ११ घरमा पूर्ण र एउटा पुलमा क्षति भएको छ ।
त्यस्तै बाढीका ६४ वटा घटना भएकोमा एक सय २३ परिवार प्रभावित भएका छन् । यस्तै चट्याङका ८२ वटा घटना भएका छन्।
filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |