

काठमाण्डौ । एएफसी महिला एशियन कप छनोटमा नेपालसँग श्रीलङ्कालाई ८-० गोलले पराजित भएको छ ।यो नेपालको लगातार दोस्रो जीत हो ।
उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो ।
नेपालकी कप्तान सावित्रा भण्डारी ुसाम्बाु ले ह्याट्रिक गरिन् । यस्तै गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले १र१ गोल गरे ।
यो जीतसँगै नेपाल २ खेलमा ६ अङ्कसहित समूह एफ को शीर्ष स्थानमा उक्लिएको जोडेको छ ।
नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ ।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।
१२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |