

धादिङ । प्याब्सन धादिङ अन्तर्गत जिल्लाका ३२ वटा विद्यालयमा एकै पटक प्रथम त्रैमासिक परीक्षा सञ्चालन भईरहेको छ । गएको शुक्रबारदेखी सुरु भएको परीक्षामा १३ हजारभन्दा बढी विद्यार्थीहरूले परीक्षा दिइरहेका छन् ।
प्याब्सन धादिङले सदस्य विद्यालयहरूलाई एउटै पाठ्यक्रम, एउटै पुस्तक, एउटै परीक्षा योजना र एउटै प्रश्नपत्र लागू गरेर समान स्तरको शिक्षा सुनिश्चित गरेको प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले जानकारी दिनुभयो ।
यस्तो अभ्यासले विद्यार्थीहरूलाई राम्रोसँग सिक्न सहज बनाउने र शिक्षकहरूलाई पनि बढी जिम्मेवार बन्न बाध्य बनाउने बताउनुभयो ।
अबदेखी प्रत्येक वर्ष पहिलो, दोस्रो, तेस्रो र वार्षिक परीक्षा एकसाथ सञ्चालन गर्ने प्याब्सन धादिङका सचिव तथा परीक्षा संयोजक भीमबहादुर श्रेष्ठले बताउनुभयो ।
जसले विद्यार्थीहरूको अध्ययन र समग्र विकासमा ठूलो सहयोग गर्ने बताउनुभयो ।
विद्यार्थीहरूका लागि एकरूपता कायम गर्ने उद्देश्यले गरिएको यस परीक्षालाई शिक्षा क्षेत्रको महत्वपूर्ण कदमका रूपमा लिइएको उहाँको भनाई छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |