

काठमाडौं । काठमाडौंबाट ४० किलोग्राम लागु औषध गाँजा (पोलेन) र १ लाख २५ हजार नगद सहित धादिङका ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएका ३८ वर्षीय सुमन चेपाङ, काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने गजुरी गाउँपालिका-४ घर भएका ३६ वर्षीय जिवन प्रजा, धादिङ गजुरी गाउँपालिका-४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ र २० वर्षीय शंकर चेपाङ रहेका छन् ।
बुधबार बिहान काठमाडौं महानगरपालिका-३२ पाल्पाकोट चोक कोटेश्वरमा लागु औषध गाँजा (पोलेन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कोटेश्वर स्थित रहेको एक घरको भुइँ तल्लामा डेरा गरी बस्ने धादिङ, गजुरी-४ का वर्ष ३८ को सुमन चेपाङको डेरा कोठाबाट लुकाई छिपाइ राखेको अवस्थामा लागु औषध फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा र नगदसहित बा-५५ प-४२६५ को १५० पल्सर मोटरसाइकल, बा-८५ प-५२३४ को २२० पल्सर मोटरसाइकल र ३ थान मोबाइल बरामद गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |