

काठमाण्डौ । गएको मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट चार करोड ८३ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन भएको छ ।
अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईका अनुसार २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति पुगेपछि पुनर्निर्माण भएर सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्मको अवधीमा चार करोड ८३ लाख ६५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस अवधिमा दुई लाख ६२ हजार पाँच सय ५५ जनाले धरहराको अवलोकन गरेका राईले बताउनुभयो ।
हप्ताको एक दिन बुधवार बन्द हुनेबाहेक अन्य दिन दैनिक झन्डै एक हजार दुई सय जनाले धरहरा चढ्ने गरेका छन् ।
धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |