

धादिङ । बेनीघाट रोराङ गाउँपालिका-२ आँपटारबाट करिब १ सय ४३ किलो ८ सय ४० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना रक्सोल नोइपाढीह-४ सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँ रहेका छन् ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तिबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मियाँलाई धादिङ जिल्ला अदालतबाट १२ दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) सुबास हमालले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |