

काठमाण्डौ । भोलि बिहीवारदेखि बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा गाडी चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो ।
यो अवधिमा काठमाण्डौबाट छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाण्डौ भित्रिने गाडीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ ।
तत्कालका लागि यात्रुबाहक र निजी गाडीलाई रोकिएको तर आकस्मिक र मालबाहक गाडीको हकमा नियम लागू नहुने उहाँले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |