

चट्याङ लागेर भारतको बिहारमा दुई दिनको अवधीमा ३३ जनाको मृत्यु भएको छ ।
बुधवार र बिहीवारको भीषण आँधीका क्रममा चट्याङ पर्दा ३३ जनाको मृत्यु भएको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
चट्याङले लागेर केही घाइते भएका छन् ।विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका एएफपीले जनाएको छ ।
बिहार राज्यको विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलले सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन नागरिकलाई सूचित गर्न निर्देशन दिनुभएको छ ।
पटनाका केही भागमा ठूलो वर्षा र चट्याङको सम्भावना कायमै रहेको त्यहाँको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
त्यो क्षेत्रमा सन् २०२३ मा २ सय ७५ र सन् २०२४ मा कम्तीमा २ सय ४३ जनाको चट्याङकै कारण ज्यान गएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |