

धादिङ । महिलाको फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगमा धादिङका तिन खेलाडी तिन फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन् ।
२०८२ भदौ २० गते देखि २८ गते सम्म हुने लिगमा काठमाडौं स्पाइकर्सले मिडल ब्लकर वाल्मिका आचार्यलाई ५७ हजार ५ सय रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ । आचार्य धादिङको निलकण्ठ नगरपालिका-१४ की हुन् ।
यस्तै पोखरा निन्जाजले सेटर भावना तामाङलाई ५३ हजारमा अनुबन्ध गरेको छ ।भावना तामाङ धादिङको थाक्रे गाउँपालिका-१ की हुन् ।
यसैगरी कर्णाली याश्र्विजले ओपन स्पाइकर रेविका लामालाई ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ। रेविका लामा सिद्धलेक गाउँपालिका-१ की हुन् ।
हाल तिनै जना न्यु डायमण्ड युथ स्पोर्ट क्लबमा आबद्ध छन्।
शुक्रबार इन्फिनिटी ड्रिम्सको आयोजनामा भएको लिगको अक्सनमा धादिङका यी तीन खेलाडी बिक्री भएका हुन्।लिग पोखरामा आयोजना गर्ने गरी तयारी गरिएको छ।
नेपाली भलिबलको इतिहासमै गत वर्ष पहिलो पटक महिलाको फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिग सफलतापूर्वक आयोजना भएको थियो। त्यति बेला भने अक्सन भएको थिएन। यस वर्ष दोस्रो संस्करणबाट भने अक्सन सुरु गरिएको हो।
यस अक्सनमा साबिक विजेता कर्णाली यसभिस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेस युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लाभा गरी कुल ६ फ्रेन्चाइज टोलीले बोली लगाएका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |