

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-५ स्थित हलचोक चौताराबाट ८ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा, १ किलोग्राम पोलेन र नगद १६ हजार ५ सय रूपैयाँ सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी ३८ वर्षीया चमेली ग्याल्वा तामाङ र काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-७ घर भएकी १९ वर्षीया बिनिता पुरी रहेका छन् ।
शनिबार दिउँसो प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चमेलीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |