

काठमाण्डौ । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजेदेखि बङ्गलादेशको बसुन्धरा स्पोटर्स मैदानमा शुरू हुनेछ ।
आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ ।प्रतियोगितामा बङ्गलादेश पाँच खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेलमा १२ अङ्कसहित नेपाल दोस्रो स्थानमा छ ।
नेपालले भुटान र श्रीलङ्कालाई दुई–दुई खेलमा पराजित गर्दा बङ्गलादेशसँग भने पराजित भएको थियो ।डबल राउन्ड रोबिनका आधारमा भएको खेलमा प्रतियोगिताको उपाधि जित्न नेपालले अन्तिम खेलमा बङ्गलादेशलाई हराउनुपर्नेछ ।
बङ्गलादेशलाई उपाधिका लागि बराबरी नतिजा मात्रै पनि पर्याप्त रहनेछ ।बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल ३–२ गोलले पराजित भएको थियो ।
नेपालले यसअघि भुटानलाई पहिलो खेलमा ६–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
त्यसयता नेपालले लगातार तीन खेल जित्दा कुनै गोल खाएको छैन । श्रीलङ्कालाई दुवै खेलमा ७ ले पराजित गरेको नेपालले पछिल्लो खेलमा भुटानलाई ८ गोलले हराएको थियो ।
उता बङ्गलादेशले श्रीलङ्कालाई पहिलो खेलमा ९–१ ले हराउँदै शुरुवात गरेको थियो । बङ्गलादेशले तीनवटै विपक्षीसँग गोल खाएको छ । दोस्रो खेलमा नेपाललाई ३–२ ले र तेस्रो खेलमा भुटानलाई ४–१ ले हराउँदा बङ्गलादेशले गोल खाएको हो ।
त्यसपछि बङ्गलादेशले भुटानलाई ३–० र श्रीङ्गकालाई ५–० ले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |