

काठमाण्डौ । प्रहरीले अब कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने भएको छ ।
पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र समेत गरिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न र नपठाउन देशैभरका प्रहरी युनिटमा परिपत्र गरिएको हो ।
गएको असारमा महान्यायाधिवक्ताको कार्यालयले पक्राउ परेका व्यक्तिको फोटो र भीडीओ सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।
कार्यालयले निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र गरेको हो ।
जघन्य अपराधका घटना वा त्यस्ता फोटो र भीडीओ सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिनु भयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |