

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय भएको छ।
गएरातिदेखि देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, गोरखा, स्याङ्जा, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मधेश प्रदेशको सप्तरीसहित अरू ठाउँमा पनि राति हल्का पानी परेको छ ।
आज दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
आज राति पनि गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |