

काठमाण्डौ ।अमेरिकाले नेपालमा सञ्चालित कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई निरन्तरता दिने निर्णय गरेको छ ।
अघिल्लो हप्ता अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिलाई निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी दूतावासका अनुसार ५० करोड अमेरिकी डलर अर्थात् ६८ अर्ब ५० करोड रुपैयाँ बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९ करोड ७० लाख अमेरिकी डलर अर्थात् झन्डै २७ अर्ब रुपैयाँको योगदानले विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जाल सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवद्र्धनमा टेवा पुर्याउनेछ ।
अमेरिकी सरकारको यो निर्णयसँगै अब एमसीसी नेपाल कार्यक्रम निर्बाध रूपमा अघि बढ्न बाटो खुलेको छ ।
एमसीए नेपाल एमसीसीअन्तर्गतको कार्यक्रम हो ।२०७४ भदौमा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार २०८० भदौदेखि परियोजना कार्यान्वयन शुरु भएको हो ।
एमसीए नेपालअन्तर्गत १८ किलोमिटर बुटवल–गोरखपुर प्रसारण लाइन, ४ सय केभी नयाँ बुटवल सबस्टेसन, ४ सय केभी नयाँ दमौली सबस्टेसन र ४ सय केभी रातामाटे सबस्टेसन निर्माणाधीन छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |