

काठमाण्डौ । नेपालीहरूका लागि सन् २०२५ को कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले आज निकालेको सूचना अनुसार सन् २०२५ मा हुने पहिलो चरणको भाषा परीक्षाका लागि यही साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला रहनेछ ।
शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण सङ्ख्या पाँच हजार तीन सय हुनेछ । यसमा उत्पादनमूलक क्षेत्रतर्फ ३ हजार ५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार आठ सय हुनेछ ।
एक जना व्यक्तिले एउटा क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने छन् । भाषा परीक्षा पास गरेर मात्रै रोजगारीको सुनिश्चितता भने नहुने शाखाले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |