Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
धर्म तथा संस्कृति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१0 घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१0 घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

११ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

११ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

११ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

११ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

१ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै दिवंगत बुबाको काजकिरियामा तिन छोरीहरु

  • बागमती कलम
  • ८८९ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार (९ महिना अघि)
समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै दिवंगत बुबाको काजकिरियामा तिन छोरीहरु

काभ्रे । काभ्रे जिल्ला पनौती नगरपालिका–१ रयालेमा तीन जना छोरीहरु दिवंगत बुबाको काजकिरियामा बसेका छन् ।

छोराले मात्र दागबत्ती दिने र छोरी किरियामा बस्नु हुँदैन भन्ने समाजको मान्यतालाई तोड्दै समाजको चेतावनीका बाबजुद विमला सापकोटा, निर्मला सापकोटा र राधिका सापकोटा दिवंगत बुबा हरिप्रसाद सापकोटाको किरिया बसेका हुन् ।

हरिप्रसादका साइली छोरी विमला बनेपा नगरपालिकाकी उपप्रमुख हुनुहुन्छ भने काइली छोरी निर्मला शिक्षिका र कान्छी छोरी राधिका नेकपा एमाले धादिङकी सचिव हुनुहुन्छ ।

तीनैजना छोरीहरु अरु थुप्रै सामाजिक संघसंस्थामा सक्रिय छन् । विमला र राधिका अधिवक्ता पनि हुनुहुन्छ। जेठी छोरी सुन्तली घिमिरे ‘सापकोटा’ र माइली छोरी कमला तिमल्सिना ‘सापकोटा’ शारिरीक अस्वस्थताका कारण किरिया बस्नुभएको छैन ।

दिवंगत हरिप्रसादको छोरा छैनन् । पाँच बहिनी छोरी मात्र छन् । सामाजिक संस्कार देखाएर स्थानीयले छोरीहरू काजक्रिया बस्न नहुने भन्दै विरोध गरेका थिए ।

उनीहरूले छोरीहरू काजक्रियामा बसे बहिस्कारसम्मको धम्की दिएको हरिप्रसादका छोरीहरुले प्रतिक्रिया दिएका छन् । छोरीको पनि छोरासरह कर्तव्य हुने भएकाले किरियामा बसेको उहाँहरुको भनाई छ ।

१९९३ साल असोज ३ गते ¥यालेमा जन्मिएका हरिप्रसादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको थियो ।

छोरा नभएका र छोरीहरुमात्रै रहेका सापकोटालाई दागवत्ती कसले देला र काजकिरिया कसले गर्ला भन्ने चर्चाका बीच छोरीहरुले दागवत्ती दियो र काजकिरिया गर्न छोरीहरु नै अग्रसर भए तब समाजले त्यसलाई स्वीकार्न चाहेन ।

समाजको बहिस्कारको चेतावनीकाबीच तीनैजना दिवंगत बाबुको किरियामा बसेका हुन् । सामाजिक रुपमा रहेको कुसंस्कारलाई परिवर्तन गर्न आफैंबाट सुरु गर्नुपर्छ भन्ने सन्देश दिन पनि आफुहरुले नै दागवत्ती दिएको र किरिया बसेको राधिका सापकोटाले प्रतिक्रिया दिनुभयो ।

नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अधिकार दिएको छ । छोरीले बुबाको सम्पत्ति लिन, उत्तराधिकारी बन्न र काजक्रिया गर्न बराबर अधिकार राख्दछ ।

तर, व्यवहारमा अझै पनि छोरीमाथि विभेद रोकिएको छैन । विभेद र अन्यायविरुद्ध लड्न सिकाउने बुबाको काजक्रियामै अन्याय खेप्नुपरेपछि महिला आन्दोलनका नेतृत्व गरिरहेका छोरीहरुहरुले सामाजिक संजालमा आक्रोस समेत पोखेका छन् ।

आफूहरु किरियामा बस्दै गर्दा बहिस्कार गर्ने मिटिङ बसिरहेको थाहा पाएपछि बनेपा नगरपालिकाकी उपप्रमुख समेत रहेकी बिमलाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,–‘महिलामाथिको विभेद कहिले अन्त्य हुन्छ ? आफ्नो बुबाको काजक्रिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदैछ । यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पीडामाथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरू कसैको बंशमा दखल गरेका छैनौँ, हामी अब थप पीडा सहन सक्ने अवस्थामा छैनौँ ।’

बुबाले विभेद र अन्यायविरुद्ध लड्न सिकाएको स्मरण गर्दै अधिवक्ता समेत रहेकी अर्की छोरी राधिकाले पनि सामाजिक संजालमा लेख्नुभएको छ । ‘बुबा तपाईले सानैदेखि विभेद र अन्यायको विरूद्ध लड्न सिकाउनु भयो । कहिलै झुक्न दिनु भएन, आज यो समाज तपाईंको काजक्रियामा हामीलाई झुकाउने प्रयत्न गर्दैछ । याद गर हामी तिमीहरूले पटक पटक गरेको विभेद र अन्याय भोग्दाभोग्दा चट्टान बनिसकेका छौँ । हिजोजस्तो हरिप्रसादका कमजोर छोरीहरू छन् भन्ने नसम्झ’, विगतलाई सम्झाउने गरी उहाँले लेख्नुभएको छ ।

हजारौं छोरीमाथि न्यायका लागि बहिस्कृत हुनसमेत तयार रहेर अघि बढेको उनीहरुको प्रतिक्रिया छ । ‘ख्याल गर, तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौं छोरीमाथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोक । हाल हामी बहिस्कार हुन तयार छौँ । १३ दिन हाम्रो बुबाको घरमा बसेर काजक्रिया गर्न देउ, पीडा नदेउ’ राधिकाले भन्नुभयो ।

सानैमा आमा गुमाउनुभएकी छोरीहरु बुबाकै अभिभावकत्वमा हुर्किनुभएको हो । छोरा नभएकै कारण हरिप्रसादले समाजको तिरस्कार भोग्नु परेको थियो । मृत्यु पश्चात पनि काजक्रियाको विषयलाई लिएर समाजले बहस चलाएकोप्रति परिवारले दुःख व्यक्त गरेका छन् ।

काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितहरुले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिस्कार गर्ने खालको धम्की दिएपछि पुरोहित पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम थालिएको छ । अहिले पुरोहित दिपक सुवेदीले काजकिरिया गराएका छन् ।

सापकोटा दिदिबहिनीहरु किरियामा बसेको र उहाँहरुलाई सामाजिक बहिस्कारको प्रयास भएकोप्रति धेरैले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । सापकोटा दिदिबहिनीको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा सयौं पोष्टहरु शेयर भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १0 घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १0 घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    ११ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    ११ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    ११ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    ११ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution