

काठमाण्डौ । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले कार र भ्यानहरू काठमाण्डौतर्फ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाण्डौ उपत्यकाबाट बाहिरिँदा ६० रुपैयाँ दस्तुर तोकेको छ ।
यस्तै मिनी बसरमिनी ट्रकले काठमाण्डौ प्रवेश गर्दा नागढुङ्गा सुरुङमार्ग प्रयोगबापत १ सय १५ रुपैयाँ र उपत्यकाबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्छ ।
बस तथा ट्रक काठमाण्डौ प्रवेश गर्दा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ दस्तुर तोकिएको छ ।
ठूला उपकरण काठमाण्डौ प्रवेश गर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २ सय ५० रुपैयाँ दस्तुर तोकिएको छ । दुई पाङ्ग्रे गाडीले भने सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |