

धादिङ । लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले निलकण्ठ नगरपालिका १२ धादिङबेशीमा अवस्थित पशुपति मन्दिरका भक्तजनहरुको निःशुल्क स्वास्थ्य परीक्षणसँगै जलपान वितरण तथा मन्दिर परिसरमा सरसफाई गरेको छ।
हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आज महिला भक्तालुजनहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै क्लबले निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

धादिङ अस्पतालको प्राविधिक सहयोगमा क्लबले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षणमा धादिङ अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.अशोक छत्कुली र निमित्त नर्सिङ प्रमुख एस्तर तामाङले १०५ जनालाई प्रेसर, ज्वरो, अक्सिजन लेबल, वेट, मुटुको धड्कन परीक्षण, घाउ चोट पटकको सामान्य ड्रेसिङ सेवा तथा चिकित्सकिय परामर्श सेवा दिएको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले जानकारी दिनुभयो ।
उहाका अनुसार स्वास्थ्य परीक्षण सङ्गै बिरामीको आवश्यकता बमोजिम जीबन जल, ज्वरो, ग्यास्ट्राइटिस, दुखाई लगाएतको औषधी समेत वितरण गरिएको थियो।
क्लबले Rubi Biverage Pvt.Ltd.धादिङ सङ्गको सहकार्यमा निःशुल्क शुद्ध खानेपानीको वितरण समेत गरेको थियो जसमा एक हजार भन्दा बढीले जलपान सेवा लिएका क्लबका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा लायन्स क्लब अफ सूर्यमुखीका निवर्तमान अध्यक्ष तथा जोन चिएर पर्सन कृष्ण प्रसाद ढकाल (शिशिर), क्लबका अध्यक्ष विक्रम विश्वकर्मा, क्लबका प्रथम उपाध्यक्ष राजाराम रिजाल तथा आजको कार्यक्रममा क्लब सङ्ग समन्वयमार्फत जोडिएका पशुपति मन्दिर व्यवस्थापन समिति र पशुपति टोल विकास संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा मन्दिर परिसरको सरसफाई समेत गरेका थिए ।

पशुपति मन्दिर परिसरमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा लायन्स अन्तराष्ट्रिय ३२५ आई नेपाल रिजन ५ का रिजन चियर पर्सन कृष्ण बहादुर पौडेलको प्रमुख आतिथ्यता, जोन १२ का जोन चियर पर्सन कृष्ण प्रसाद ढकाल (शिशिर) को विशेष आतिथ्यता, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष बद्री अधिकारी, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |