

धादिङ । शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै धादिङका निजी तथा आवासीय विद्यालयहरुले विरोध जनाएका छन् ।
सोमबार दिउँसो सदरमुकाम धादिङबेशीका सडकमा प्याव्सन, नेश्नल प्याव्सन, हिसान, अपेन र एनएमएले को संयुक्त रुपमा साँघुटारदेखी सिरानबजारसम्म विद्यालयहरुको बस र्याली गरेका हुन् ।
र्यालीमा जिल्लाका ३० भन्दा बढी स्कुल बस सहभागी गराइएको प्याब्सन धादिङका सचिव भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयहरूले पूर्ण छात्रवृत्ति भन्ने प्रावधान खारेज गर्नुपर्ने, पोशाक, स्टेशनरी तथा खानपान उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था हटाउनुपर्ने, कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको प्रावधान खारेज गर्नुपर्ने लगायतका माग रहेको श्रेष्ठले बताउनुभयो ।
यसैगरी निजी विद्यालयहरूको आन्दोलनमा धादिङ उद्योग वाणिज्य संघ धादिङले पनि ऐक्यबद्धता जनाएको छ। संघका अध्यक्ष राम कुमार डल्लाकोटीले एक विज्ञप्ती जारी गर्दै शिक्षा क्षेत्रमा ३४ प्रतिशत भन्दा बढी योगदान दिने निजी विद्यालयहरुको मागलाई सम्वोधन गर्ने गरी ऐन ल्याउन आग्रह गर्नुभएको छ । तस्विर : प्याव्सन धादिङ






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |