

धादिङ। जेन–जी पुस्ताको आन्दोलनका कारण मुलुकमा उत्पन्न भएको विषम परिस्थितिलाई शान्तिपूर्ण तरिकाले सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा नागरिक समाज धादिङले जोड दिएको छ।
नागरिक समाजले एक विज्ञप्ति जारी गर्दै आन्दोलन सामान्य मागहरूमा सीमित नभई गहिरो संरचनात्मक परिवर्तनको आवाज भएको भन्दै यसलाई संवैधानिक र लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ।
“देशमा व्याप्त भ्रष्टाचार र बेतिथिविरुद्ध उठेको युवाहरूको शान्तिपूर्ण आवाजलाई दमन गर्न खोजिँदा परिस्थिति झन् गम्भीर बनेको छ। आन्दोलनका क्रममा भएको जनधनको क्षतिले सामाजिक र संस्थागत संरचना कमजोर बनेको छ,” विज्ञप्तिमा उल्लेख छ।
आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नागरिक समाज धादिङले घाइतेहरूको निःशुल्क उपचार र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।
साथै मुलुक अहिले तरल अवस्थामा पुगेको र राजनीतिक निकासको विषयमा अन्यौलता देखिएको भन्दै तत्काल संवाद र लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिइएको छ।
“जेन–जी पुस्ताले उठाएका संरचनात्मक सुधारका मागलाई सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियामार्फत सम्बोधन गर्दै उन्नत लोकतन्त्रतर्फ अघि बढ्न आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ।
अपिलमा सबै राजनीतिक दल, राज्यका अंग तथा नागरिकलाई संयमता, संवेदनशीलता र जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरिएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |