

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका–२ बाह्रकिलामा यात्रुबाहक बस र टिपर एक आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् ।
भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र काठमाडौंबाट नुवाकोटतर्फ जादै गरेको बागमती प्रदेश००६ ख ४२६० नम्बरको टिपर आज बिहान एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो।
दुर्घटनामा परि घाइते हुनेहरुमा बस चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासका २७ वर्षिय सन्देश अधिकारी, कञ्चन गाउँपालिका–४ का ६० वर्षिय आईत बाहारी थारु, गुल्मी दरबार गाउँपालिका–२ का ४० वर्षिय कमल सारु मगर, कपिलबस्तु शीवराज नगरपालिका–७ का २४ वर्षिय पकंज पाण्डे, नवलपरासी देवचुली नगरपालिका–५ का ३२ पुनम थसु रहेका छन् ।
घाइतेमद्य एक जना आइत बाहारी थारुलाई ट्रमा सेन्टर लगिएको र अन्य घाइतेहरुको महादेवस्थित थाक्रे पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
टिपर चालक नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का २८ वर्षिय प्रविन श्रेष्ठलाई नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ । तस्बिर : अर्जुन श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |