

धादिङ । धादिङमा बलात्कार पीडित २९ वर्षीया एक युवतीको मृत्यु भएको छ ।
नीलकण्ठ नगरपालिका–१० की मानसिक अपाङ्गता भएकी युवतीको बुधवार बिहान उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डिएसपी) सुवास हमालले जानकारी दिनुभयो ।
डिएसपी हमालका अनुसार युवतीलाई घरमा कोही नभएको मौका छोपेर नीलकण्ठ नगरपालिका–१० का ३१ वर्षीया खिलबहादुर मानन्धरले भदौ २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको थियो ।
रक्तअल्पताका कारण गम्भीर बनेकी युवतीलाई भदौ ३१ गते धादिङ अस्पतालमा भर्ना गरिएको थियो । पीडितको अस्पतालमा रगत समेत चढाएर उपचार गर्दा गर्दै मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ ।
बलात्कार आरोपित मानन्धर हाल फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |