

धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा स्व.लोक बहादुर गुरुङको स्मृतीमा “दोश्रो स्मती कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा यही असोज १७ देखी १९ गतेसम्म नलाङ पात्ले माविमा ‘स्व. लोक बहादुर गुरुङ दोश्रो स्मृति कप’ अन्तरगत भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै द्धित्तिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले बताएको छ ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने टिममा खेलाडी संख्या १२ जना (१२ जना नै एउटै पालिकाको हुनुपर्ने), टिम कोच १ जना र टिम म्यानेजर १ जना हुनुपर्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस प्रतियोगितामा देशभरका जुनसुकै जिल्लाबाट पनि सहभागी हुन पाईने छ ।
सहभागीताको लागि असोज १४ गते (महाअष्टमी) सम्म टिम दर्ता गर्न सकिने र दर्ता शुल्क ६ हजार तोकिएको छ ।
प्रतियोगितामा सहयोगी संस्थाहरु धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ रहेको छ । प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न आयोजकले अपिल गरेको छ ।
तमु युवा समाजले हरेक बर्ष नेपालीहरुको महान चाड दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ । गत बर्ष देखी भने स्व.लोक बहादुर गुरुङ स्मृती कप सुरु गरेको हो ।
तमु युवा समाजका सल्लाहकार, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका पूर्वअध्यक्ष एवम नलाङ पात्ले माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहनुभएका लोक बहादुर गुरुङको सवारी दुर्घटनामा परी निधन भएको थियो ।
उहाँको सम्झनामा स्मृती कपलाई निरन्तरता दिईएको आयोजकले जनाएको छ ।
गएको बर्षबाट ‘स्व. लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप’ को रुपमा सुरु भएको प्रतियोगिता यस बर्ष भने ‘स्व. लोक बहादुर गुरुङ दोश्रो स्मृति कप’ आयोजना हुँदैछ ।
मनोज श्रेष्ठ धादिङ जिल्ला भलिबलको टिम क्याप्टेन थिए । स्व.मनोज श्रेष्ठको केही बर्ष अघि नलाङस्थित खिर्रेभञ्याङमा नै आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |