

काठमाण्डौ । पाँच महिनामा भएका बिभिन्न विपदका घटनाबाट दुई सय ४३ जनाको मृत्यु भएको छ ।
यस वर्षको वैशाखदेखि भदौ मसान्तसम्मको तथ्याकं अनुसारआठ सय ६९ जना घाइते भएका छन् भने २४ जना हराइरहेका राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पाँच महिनामा तीन हजार छ सय ८१ वटा घटनाबाट छ हजार पाँच सय ९० परिवार प्रभावित भएका छन् । सबैभन्दा धेरै सर्पको टोकाइबाट ७७ जनाको मृत्यु भएको छ ।
यस्तै बाढीमा २९ जनाको मृत्यु भएको छ । २३ जना हराएका छन् । पहिरोमा परेर २४ जना र चट्याङ लागेर ३८ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी २३ जना र जनावरको आक्रमणमा २० जनाले मृत्यु भएको छ । १८ जनाको लेक लागेर मृत्यु भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |