

काठमाण्डौ । जेन–जीको प्रदर्शनका कारण कारागारबाट भागेकामध्ये ८ हजार ८१६ कैदीबन्दी अझै फरार रहेका छन् ।
गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका कारण २७ कारागारबाट १३ हजार ५ सय ९१ र ९ बालसुधार गृहबाट ९ सय ६४ जना कैदीबन्दी भागेका कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताउनुभयो ।
अहिलेसम्म कारागारबाट भागेकामध्ये ५ हजार ४ सय ९५ र बालसुधार गृहबाट भागेकामध्ये २ सय ४४ कैदीबन्दी फिर्ता आएका छन् ।
फरार रहेका कैदीबन्दीको खोजी भइरहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरूको पनि खोजी भइरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |