

काठमाण्डौ । अझै केही दिन मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साउनको दोस्रो हप्तापछि मनसुन थप सक्रिय बनेकाले अहिलेसम्म सरदरको ९० प्रतिशत नजिक पानी परेको छ ।
सामान्यतया मनसुन सक्रिय हुँदा १ हजार ५०० देखि १ हजार ६०० मिलिमिटर वर्षा मापन गरिन्छ । हिजोसम्मको विवरण अनुसार १ हजार १२२ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । यो देशभरिका १२६ वटा मापन केन्द्रमा मापन भएको वर्षाको औसत हो ।
यसपालिको मनसुन शुरू हुनुअघि जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा धेरै पानी पर्ने पूर्वानुमान सार्वजनिक गरेको थियो। तर पूर्वानुमान अनुसार पानी परेन ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । यस वर्ष सरदर मितिभन्दा चाँडो भित्रिएकाले चाँडै बाहिरिने अनुमान रहे पनि अहिलेको अवस्था हेर्दा सरदर मितिभन्दा पनि ढिला हुन सक्ने देखिएको मौसमविद्ले बताएका छन् ।
मनसुन सक्रिय रहने भए पनि अबको २ हप्ता मनसुनजन्य विपत्तिको सम्भावना नदेखिएको मौसमविद् विनोद पोख्रेलले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |