

काठमाण्डौ । वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ। नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।
नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नौ विकेट गुमाएर एक सय २९ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका नवीन बिदाईसीले २२, फेबियन एलेन र अमिर जांगुले समान १९ रन बनाए ।
नेपालका कुशल भुर्तेलले दुई तथा दीपेन्द्रसिंह ऐरी, करन केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले समान एक विकेट लिए ।
त्यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा टस हारेर ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले ३८, कुशल मल्लले ३० र गुलशनकुमार झाले २२ रन बनाए । यो जीतसँगै नेपालले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेलेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो । नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको थिएन ।
ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ । शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल पर्सि मङ्गलवार हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |