

काठमाण्डौ । मनसुनी वायुको प्रभाव यसपाली दशैँ अवधिभर कायमै रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको दशैँ अवधिसम्मको मनसुनको अवस्था समेटेर विशेष मौसम बुलेटिन जारी गरेको छ।
असोज १४ गते (अष्टमी) का दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
असोज १५ (नवमी) का दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै असोज १६ (विजयादशमी) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भागका केही ठाउँ साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने हुँदा मौसमको अध्यावधिक जानकारी लिन र आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट मनसुन बहिर्गमन भइसकेको छैन ।
नेपालमा सरदर अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भए पनि हरेक वर्ष यो मिति भने फरक हुने विभागले जनाएको छ ।
filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |