

धादिङ । सिद्धलेक गाउँपालिका–१ खनायोखर्कस्थित छेजुङ गुम्बामा त्रिदिवसीय महायान उपवास ञ्युङ्ने व्रत शुरु भएको छ । छेजुङ गुम्बा सिद्धलेक-१ खनायोखर्कको आयोजनामा ञ्युङ्ने व्रत सुरु भएको हो।
नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघको सहयोगमा असोज १३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने ञ्युङ्ने व्रतमा प्रमुख लामा गुम डाडुल सिङगे बल लामाले प्रशिक्षण दिनु हुनेछ ।
वडा दशैंको शुभ अवसर भएपनि अकालमा ज्यान गुमाउन विवस भएका निमुखा अज्ञानी प्राणीहरूको उद्धार, वर्षभरि आज्ञानवस गरिएको अकुशल कर्मप्रति क्षमायाचना तथा सर्वप्राणी हितार्थ पुण्य अनुमोदन गरी पुण्यलाभ प्राप्त गर्ने उद्देश्यले उपवास व्रतको आयोजना गरिएको छेजुङ गुम्बाका प्रमुख लामा दामछिक डोल्मा तामाङले जानकारी दिनुभयो ।
मौन व्रतमा १६ जना (छेजुङ गुम्बा व्यवस्थापन समिति अध्यक्ष जोन लामा, गणेशबहादुर घले, निम वाङग्याल लामा, उर्मिला घले, मनमाया घले, शान्ति घले, कमल घले, तुल्की तामाङ, पुर्णिमा तामाङ, सोनि घले, अमृत घले, राममाया घले, सुलोचन तामाङ, कन्चन तामाङ, पासाङ घले र राजबहादुर घले) सहभागी हुनुभएको छ ।
व्रत उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले धर्म, आस्था र विश्वासले समाजलाई सकारात्मक बाटोमा अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “धर्मले मात्र होइन, यस्ता व्रतहरूले मानिसको मन शुद्ध पार्छन् र समाजमा सद्भाव फैलाउँछन् ।”
यस्तै गाउँपालिका उपाध्यक्ष सबिता अर्यालले मौलिक संस्कृति र धार्मिक परम्पराको संरक्षणका लागि स्थानीयस्तरमै यस्ता कार्यक्रम महत्वपुर्ण हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “साँस्कृतिक सम्पदा जोगाउँदै आन्तरिक आत्मशुद्धिका अभ्यासले समाजलाई अझै सबल बनाउन सक्छ ।”
कार्यक्रममा वडा नं १ का वडाध्यक्ष पेमा वाङग्याल लामाले धार्मिक कार्यमार्फत स्थानीय एकता र सद्भाव बढाउने अपेक्षा व्यक्त गर्नुभयो । वडा नं ५ का वडाध्यक्ष बुधे घलेले गाउँमा शान्ति, प्रेम र सामाजिक एकता कायम गर्न यस व्रतले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै वडा नं ४ का वडाध्यक्ष झकबहादुर थापा मगरले धर्म र समाजलाई जोड्ने खालका कार्यक्रमलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्रिदिवसीय महायान उपवास ञ्युङ्ने व्रत उद्घाटन समारोहका तस्विरहरुको लागि तलको लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/share/p/168cjSCSVR/
उद्घाटन समारोहको भिडियो……





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |